News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई विराटनगर किङ्सले दोस्रो संस्करणमा रिटेन गरेको छ।
- विराटनगरले ७ खेलमा २ जितसहित सातौं स्थानमा रहेको थियो, र ६ खेलाडी रिटेन गरिने तय भएको छ।
- अगस्तमा मिनी अक्सन हुने र मार्की खेलाडी बाहेक ६ खेलाडी रिटेन गर्न सकिने व्यवस्था छ।
२१ असार, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण विराटनगर किङ्सबाटै खेल्ने भएका छन् ।
विराटनगरले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ ।
उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।
गत सिजन विराटनगरका लागि लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी, नरेन भट्टले खेलेका थिए । यिनै खेलाडीमध्येबाट ६ जना रिटेन गरिनेछ ।
एनपीएलको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक ६ अन्य खेलाडी रिटेन गर्न पाउने प्रावधान छ । एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय छ ।
प्रतिक्रिया 4