Comments Add Comment

फ्यानलाई रजनीकान्तको अपिल–‘राजनीतिका लागि दबाब नदिनुहोस्’

साउथका सुपरस्टार नायक रजनीकान्तले आफूलाई राजनीतिक दल खोलेर राजनीति गर्नका लागि बारम्बार दबाब नदिन फ्यानसँग अपिल गरेका छन् । उनले, आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने बताएका छन् ।

रजनीले फ्यानहरुलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेको चिठ्ठीमा भनिएको छ–‘मैले पहिलेदेखि नै विस्तारित रुपमा नै भनिसकेको छु कि म केही कारणले गर्दा राजनीतिमा आउन सक्दिनँ । कृपया मलाई बारम्बार दुःख दिने काम नगर्नुहोस् ।’ ७० बर्षका रजनीतका अनुसार, चेन्नइमा उनका फ्यानको ठूलो समुह एक भएर प्रदर्शन गरेका थिए र रजनीलाई राजनीतिमा नआउने फैसला फिर्ता लिन आग्रह गरेका थिए ।

रजनीले गतबर्षको डिसेम्बर २९ तारिखमा आफ्नो स्वास्थ्य अवस्थाका कारण राजनीतिमा नआउने उल्लेख गरेका थिए । उनले, आफ्ना समर्थकहरुको दुःख हेर्न नसक्ने र उनीहरुको सेवा राजनीतिक दल नखोली गर्ने उल्लेख गरेका थिए ।
रजनी र अर्का नायक कमल हसन एक भएर राजनीतिक दल खोल्ने तयारीमा थिए । तर, गतबर्ष रजनीले आफू राजनीतिमा नआउने बताएपछि उनका फ्यान निराश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment