+
+
Shares

कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई गगन थापाको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते ११:२१
कमलपोखरीमा भइरहेको निर्माणकार्य

२९ पुस, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता गगन कुमार थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् ।

कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेखेका हुन् ।

२०७६ सालदेखि निर्माण सुरु भएको कमलपोखरीको चारैतिर कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण पक्षको योजनालाई सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल स्वरूप २०७६ असारबाट पोखरी निर्माणको काम सुरु गरेको थियो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ । त्यसका लागि रानीपोखरीमा जसरी नै पानी सुकाएर काम गरिँदैछ । त्यसै कार्यको स्थानीय जनप्रतिनिधिले समेत विरोध गरेका हुन् ।

ऐतिहासिक कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?