Comments Add Comment

संसद विघटनको मुद्दामा सुनुवाइ : बृहत पूर्ण इजलासमा किन भन्ने बहस सुरु

२९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि सपना मल्ल प्रधानलाई थपिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासमा अब मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

अहिले यो मुद्दा किन बृहत पूर्ण इजलासमा भन्ने बहस सुरु भएको छ । १२ जना रिट निवेदकले नै यो मुद्दा बृहत पूर्ण इजलासमा लैजान माग गर्दै लिखित निवेदन नै दिएका छन् ।

आज बुधबार ५ जनाले बहस गर्नेछन् । बहसका लागि एक घण्टाको समय छुट्याइएको छ ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण इजलासमा असहमति जनाएका छन् ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले यो रिट संवैधानिक व्याख्याको विषय मात्र नभएको बताए । उनले भनेका छन्, ‘प्रधानमन्त्रीले लिखित जवाफमा भनेजस्तो राजनीतिक विषय हो कि होइन भन्ने पनि टुंगो लगाउनुपर्छ । उहाँले लिखित जवाफमा २०५२ र २०५९ को संसद विघटनको विषय पनि उल्लेख गरेकाले २०४७ र २०७२ को संविधान पनि तुलना गर्नुपर्नेछ । त्यसैले संवैधानिक इजलासबाट मिल्दैन ।’

वरिष्ठ अधिवक्ता हरि उप्रेतीले पहिले संवैधानिक इजलासमा पठाएको पनि नमिलेको बताए । उनले भनेका छन्, ‘यो गम्भीर विषय भएकाले सीमित क्षेत्राधिकार भएको संवैधानिक इजलास भन्दा वृहत क्षेत्राधिकार भएको इजलासबाट हेर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment