Comments Add Comment

चिनियाँ कम्पनीको अनौठो नियम, एक पटकभन्दा बढी ट्वाइलेट गए जरिमाना

कल्पना गर्नुस् त तपाईंले कुनै कार्यालयमा काम गर्नुहुन्छ र कामकै दौरान पिसाब लागेर तपाईं ट्वाइलेट जानुपर्दछ । तर जब उक्त कार्यालयमा तपाइइंलाई ट्वाइलेट जाने अनुमति हुँदैन भने तपाईंको हालत के होला ?

कुनै कर्मचारी वा कामदारलाई ट्वाइलेट जान नदिने भन्ने सायदै दुनियाँमा कुनै कम्पनीको नियम होला । तर एउटा चिनियाँ कम्पनीले भने आफ्ना कर्मचारी तथा कामदारलाई १ पटकभन्दा धेरै ट्वाइलेट जानमा निरुत्साहित गर्ने नीति नै बनाएको छ ।

उक्त कम्पनीमा काम गर्ने कर्मचारीहरुले आफ्नो एक कार्यदिनमा केवल १ पटकमात्र ट्वाइलेट जान पाउँदछन् । एकपटक भन्दा धेरैचोटि ट्वाइलेट जान चाहने कर्मचारीले जरिमाना तिर्नु पर्दछ ।

दुनियाँमा अन्त कतै नभएको यस्तो अमानवीय लाग्ने नियम लागू गर्ने चिनियाँ कम्पनीको नाम अम्पु इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी हो ।

आफ्नो उक्त अनौठो नीतिको प्रतिरक्षा गर्दै कम्पनीले कर्मचारीहरुको अल्छिपना भगाउन र कार्यकुशलता सुधार्नका लागि पटक पटक ट्वाइलेट जाने प्रवृत्तिमा लगाम लगाउने नियम लागू गरिएको जनाएको छ ।

पटक-पटक ट्वाइलेट जाने बहानामा समय कटाउने कामचोर कर्मचारीलाई लगाम लगाउन यस्तो नियम बनाइएको हो । एकपटक भन्दा बढी ट्वाइलेट जाने कर्मचारीले हरेक पटकको लागि २० चिनियाँ युआन जरिमाना तिर्नु पर्दछ ।

गत डिसेम्बर २० र २१ मा गरी ७ जना कर्मचारीले बढी पटक ट्वाइलेट गएवापत जरिमाना तिरेका थिए ।

कम्पनीको यस्तो कठोर तथा अमानवीय नियमको बारेमा व्यापक चर्चा भएसँगै स्थानीय प्रशासनको ध्यान आकृष्ट भएको छ । स्थानीय प्रशासनले उक्त मामिलाको छानबिन सुरु गरेको बताइएको छ ।

प्रशानले त्यस्तो नियम खारेज गर्न र जरिमाना असुल गरिएका कर्मचारीहरुको रकम फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको छ ।

तर कम्पनीका अधिकारीले भने पिसाब फेर्न गएवापत लिइने जरिमाना कर्मचारीबाट नगद असुल नगरिने र कर्मचारीले प्राप्त गर्ने बोनसबाट कट्टी गरिने बताएका छन् ।

कतिपय कर्मचारीहरु पटक-पटक ट्वाइलेटमा गएर चुरोट पिउने र काममा ढिलाइ गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न त्यस्तो नियम लागू गर्नुपरेको कम्पनीको जिकिर छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment