+
+
Shares

निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन, म आधिकारिक हुँ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते २०:५१

२९ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् ।

साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकताको भंगको घोषणा गरेको हुने दाबी गरेका छन् ।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् ।

ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै भनेका छन्, ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसावले पत्राचार गरेपनि झै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छैन र, होइन ।’

आफ्नो नेतृत्वमा आगामी मंसिर २–६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी पार्टीको प्रथम अध्यक्षको नाताले पार्टी एकीकरणको मर्म अनुरुप र विधानअनुसार गठन भएको केन्द्रीय कमिटीमा प्रचण्ड दोस्रो अध्यक्ष र माधवकुमार नेपाल दोस्रो अध्यक्ष रहेको बताएका छन् ।

प्रचण्ड–माधव समूहले पेश गरेको माइन्यूटमा हस्ताक्षर गर्नेहरुमध्ये धेरैले आफूहरुले बोलाएको बैठकमा हस्ताक्षर गरेको समेत उनले दाबी गरेका छन् । पार्टीको बैधानिक व्यवस्था बमोजिम मैले पठाएको बाहेक अन्य कसैले पठाएको अनधिकृत जानकारी अभिलेखिकरण हुनुको अर्थ पार्टी एकताको भंगको घोषणामा हुन जान्छ, जुन कार्य आयोगले गर्न सक्दैन ।’

पार्टीको पहिलो अध्यक्ष भएकाले आफू नै आधिकारिक भएको उनले पटकपटक दाबी गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?