+
+
Shares

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १०:०४

१ माघ, काठमाडौं । पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो ।

उनी नेकपा बाँकेको इञ्चार्ज थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए उनी ।

उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?