+
+
Shares

नेपाल क्लियरिङ हाउसले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते ११:४७

२९ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउसले बैंकहरुले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा ल्याएको छ । हाउसले ल्याएको ‘कर्पोरेट पे सेवा’को बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे ।

२० वटा बैंक तथा वित्तीय संस्थाहरुले सब्सक्राइभ गरिसकेको र केहि बैंहरुले शुरु समेत गरिसकेको हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए ।

उनका अनुसार यो सेवा अन्तर्गत बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् ।

त्यस्तै, उक्त प्रणाली मार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस प्रणालीमा पहुँच पाउन ‘मल्टी–ल्याएर अथेन्टिकेशन’को सुरक्षित व्यवस्था गरिएको छ ।

साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा बैंकले विश्वास लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?