Comments Add Comment

महंगो रकमका वितरकले नेपाल ल्याए विजयको ‘मास्टर’

तमिल चलचित्र ‘मास्टर’ बुधबारदेखि भारतका विभिन्न प्रान्तमा रिलिज भयो भने आजबाट यो चलचित्र हिन्दी भर्सनमा पनि रिलिज हुँदैछ । यो चलचित्रलाई नेपाली वितरकले नेपाल ल्याएका छन् । वितरक मनोज राठी र उनको टिमले यो चलचित्रलाई महंगो रकम तिरेर नेपाल ल्याएको हो ।

उसो त, मल्टिप्लेक्स हलहरुले बुधबार यो चलचित्र रिलिज हुने भन्दै अनलाइनमा राखेका थिए । तर, त्यसको केही समयपछि चलचित्रलाई मल्टिप्लेक्स हलहरुले अनलाइनबाट हटाएका छन् । यो बिषयमा वितरक राठी भन्छन्–‘चलचित्रको सेन्सर आज बिहान मात्रै भयो । यसैले पनि अब दिउँसोबाट चलचित्र रिलिज हुन्छ ।’

तमिल भाषामा यो चलचित्रले बम्पर ओपनिङ गरेको छ । हिन्दी भर्सनमा भने चलचित्रको बुकिङ सुखद छैन । विजय र विजय सेतुपतिको मुख्य भूमिका रहेको यो चलचित्रले नेपाली बक्स अफिसमा पनि दर्शक तान्ने आशा वितरकको छ । वितरक राठी भन्छन्–‘चलचित्र क्षेत्र चलायमान त बनाउनुपर्यो नी । नेपाली चलचित्र रिलिज गर्न कोही पनि तयार छैनन् । यसैले, कुनै न कुनै भाषाको चलचित्र भएपनि चलाउनुपर्ने अवस्था छ ।’ उनले २० लाख भारुमा यो चलचित्र नेपालमा ल्याएको र आफूहरुले जोखिम मोलेको बताए ।

वितरकले जोखिम मोलेर ल्याएको भनिएको ‘मास्टर’ले नेपाली दर्शकलाई कोभिडको जोखिम कायमै रहेको अवस्थामा हलसम्म तान्छ या तान्दैन, केही दिन प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment