+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आठ महिनापछि चीनमा कोरोनाबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १३:२९

१ माघ, काठमाडौं । चीनमा आठ महिनापछि कोरोना भाइरस (कोभिड–१९) बाट एकजनाको मृत्यु भएको बताएको छ । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढिरहेको समयमा  बिहीबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको हो । चीनमा अहिले कोरोना संक्रमण १० महिनाकै उच्च अवस्थामा पुगेको छ ।

यसैबीच चीनको वुहान सहरमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको छ । सबैभन्दा पहिला कोरोना संक्रमण फैलिएको यो सहरमा कोरोना उत्पत्तिको विषयमा अनुसन्धानको लागि डब्ल्यूएचओको टोली चीन पुगेको हो । यसअघि चीनले विभिन्न कारण देखाउँदै टोलीलाई चीन भ्रमणमा रोक लगाउँदै आएको थियो ।

अहिले चीनले आफ्नो उत्तरी क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणका लागि दुई करोड मानिसको बसोबास रहेको क्षेत्रमा लकडाउनको घोषणा गरेको छ भने एक प्रान्तमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । चीनले मुलुकभर लकडाउनको घोषणा गर्दै कोरोना संक्रमण नियन्त्रण गरेको थियो । यद्यपि बिहीबार चीनको स्वास्थ्य नियामकले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३८ नयाँ संक्रमित भेटिएका थिए ।

सिन्ह्वाका अनुसार चीनमा अहिले कम्तीमा ८८५ संक्रमितले उपचार लिइरहेका छन् । जसमध्ये २४ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म चीनमा चार हजार ६३५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?