Comments Add Comment

नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कतिसम्म भर्ने ?

२ माघ, काठमाडौं । नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुलेको छ ।

मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।

सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । ठूलाे परिमाणामा भएका कारण यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।

नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको सेयर पर्ने निश्चित छ । यस बैंकको साधारण सेयर धेरै संख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना समेत छ ।

भर्खरै खुलेको चन्द्रागिरि हिल्सको आइपीओ १३ लाख हाराहारीले भरेका छन् । नेपालमा खुलेका सबै डिम्याट खाता होल्डरले आवेदन दिएमा कम्तिमा ३० कित्ता पर्ने निश्चित छ । पछिल्लाे समय डिम्याट खाता खाेल्नेहरूकाे संख्या पनि निकै बढिरहेकाे छ ।

कति कित्ता पर्छ भन्ने कुरा कतिले आवेदन दिन्छन त्यसमा भर पर्ने हुन्छ । अहिले कै अवस्था हेर्दा ५० देखि ६० कित्तासम्म आईपीओ पर्ने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment