Comments Add Comment

पूजा–आकाशको सुहाएको जोडी

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ चनजिकका साथी मानिन्छन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका हुन् । यसपछि, चलचित्र बजारमा उनीहरुको प्रेम चर्चा पनि चल्न थालेको थियो । तर, यी दुइले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेका छन् ।

नायिका स्वेता खड्काको बिहे पार्टीमा एकसाथ पुगेका पूजा र आकाशले आफुहरुले भने बिहेको बारेमा नसोचेको बताए । पूजा भन्छिन्–‘खै मैले अहिले नै बिहेको बारेमा सोचेकी छैनँ । म सिंगल जीवनमा नै रमाइरहेकी छु । समय आएपछि बिहे पक्कै हुन्छ होला ।’

नायक आकाश श्रेष्ठले पनि समय आएपछि बिहे हुने बताए । पूजासँगको सम्बन्धको बारेमा आकाशले भने–‘हाम्रो मित्रतालाई कसैले पनि छुटाउन सक्दैन । कहिलेकाही झगडा पर्नु, बोलचाल नहुनु स्वभाविक नै हो ।’

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो केही बर्षदेखि सर्वाधिक फ्यान क्रेजमा रमाइरहेका आकाश र पूजा दर्शकको मायाले नै आफूहरु एकसाथ अगाडि बढेको बताउँछन् ।

तस्वीरः आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment