+
+
Shares

प्रधानमन्त्रीकप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १८:१०

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघले आयोजना गर्ने पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय गरी सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपीएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् ।

त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो ।  दुबै प्रतियोगिता डिशमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?