Comments Add Comment

नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

२ माघ, काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन पठाउने निर्णय गर्‍यो । यसपछि नेपाल एयरलाइन्सले रिर्पोट बिनै यात्रु रहेको भनी आलोचना भयो । तर, नेपाल एयरलाइन्सका अनुसार ती यात्रुसँग नियम अनुसार नै ७२ घण्टा भित्रको पीसीआर रिर्पोट थियो । त्यो रिर्पोट भने नेपालमै गरिएको परीक्षणको थियो ।

अर्थात्  अघिल्लो दिन काठमाडौंबाट रिर्पोट लिएर गएका यात्रु भोलिपल्ट फर्कँदा ७२ घण्टाभित्रकै पुरानै रिर्पोट देखाएर फर्किए । सोहीकारण नेपाल एयरलाइन्सले पनि उडानको अनुमति दिएकोृ खुलेको छ ।

त्यसो भए किन क्वारेन्टिन पठाउने निर्णय भयो भन्दै नेपाल एयरलाइन्सभित्र नै अलमल भयो । त्यसपछि निगमले नियमबारे स्पष्ट गर्न तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गर्‍यो ।

मन्त्रालयले यसबारे स्पष्ट पार्दै भनेको छ, ‘जुन मुलुकबाट यात्रु आउने हो, यात्रुसँग सोही मुलुकमा गरिएको ७२ घण्टा भित्रको पीसीआर हुनुपर्छ ।’

अर्थात् काठमाडौंमा गरिएको पीसीआर परीक्षण काठमाडौं-दिल्ली उडानमा मात्र मान्य हुनेछ । त्यही व्यक्ति काठमाडौंमा गरिएको परीक्षण अवधि मान्य हुने समयभित्रै दिल्लीबाट काठमाडौं आउन चाहेमा भने दिल्लीमा पुनः कोरोना परीक्षण गर्नुपनर्ेे भएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार अहिले जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गरी दुबै देशका वायुसेवा कम्पनीहरुले कडाइका साथ लागु गरी उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment