Comments Add Comment

मोरङमा मिटरब्याजी गिरोहविरुद्ध मुद्धा

२ माघ, विराटनगर । चर्को ब्याजमा ऋण दिएर ठगी गर्ने गिरोहका चारजनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । विराटनगरमा मिटरब्याजमा लगानी गर्दै अबैध असुली गर्दै आएको चारजना विरुद्ध ‘अपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालकाअनुसार शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । मुद्दामा विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादी बनाइएकामध्ये एजाजमात्रै पक्राउ परेका छन् । अरु फरार छन् । यो मुद्दामा आइतबारदेखि बहस हुनेछ ।

‘मिटरब्याज’मार्फत धेरै रकम असुल्ने गरेको पाइएपछि एजाजलाई प्रहरीले पुस ६ गते पक्राउ गर्दै घटनाको अनुसन्धान थालेको थियो । उनी पक्राउ परेपछि तीन जना फरार भएका थिए ।

एजाजको समूहले एक व्यक्तिलाई १५ लाख रुपैयाँ ऋण लगानी गरेर एक करोड १० लाख उठाउन खोजेपछि प्रहरीले पक्राउ गरेको थियो । एक जनालाई १५ रुपैयाँ ऋण दिएर जबर्जस्ती पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाएपछि प्रहरीमा जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment