३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका छन् ।
संसद विघटनविरुद्ध काठमाडौंको बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सिंहले भने, ‘संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’
कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्न्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने बताए । राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै उनले प्रधानमन्त्रीले संविधानको बर्खिलापमा गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4