Comments Add Comment

‘फिक्कलको उकालो’ र ‘मुटुको धड्कन’ बजारमा

काठमाडौं । इन्डिगो इन्क प्रकाशनले ‘मुटुको धड्कन’ खण्डकाव्य र ‘फिक्कलको उकालो’ निबन्धसंग्रह बजारमा ल्याएको छ । वरिष्ठ चिकित्सक प्रा डा. अर्जुनदेव भट्टको खण्डकाव्य मुटुको धड्कनमा प्रेम र वियोगको गद्यात्मक प्रस्तुति रहेको छ ।

भट्टले प्रेमले उब्जाएको परिस्थितिको सत्य घटनालाई काव्यको रुप दिएर खण्डकाव्य बनाएका छन् । भट्टका यसअघि प्रजनन स्वास्थ्य र बैतडीका केही स्थानीय शब्द नामक पुस्तक प्रकाशित भइसकेको छ ।

यस्तै मिलनकान्छा किरातीको फिक्कलको उकालो निबन्धसंग्रहमा यात्रा, व्यक्ति र समाजिक विषयका १९ थान निबन्ध समेटिएको छ । नियात्रा र निबन्धको संगालोको रुपमा किरातीको पुस्तकले बहुल विधा समेट्न सफल भएको छ । किरातीका यसअघि कवितासंग्रह ‘शान्तिको खोजी’, ‘आँसुको वर्ष’ कथासंग्रह र ‘फूलको विज्ञप्ति’ कवितासंग्रह प्रकाशित छन् ।

खण्डकाव्य ‘मुटुको धड्कन’ को मूल्य २५० रुपैयाँ तथा फिक्कलको उकालोको मूल्य २७५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment