+
+
Shares

चिसो बढेपछि वीरगञ्जका विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १३:४३
फाइल तस्वीर

४ माघ, वीरगञ्ज । अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

नेपाल शिक्षक महासंघ र प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल वीरगञ्ज महानगरपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने जानकारी दिएका हुन् ।

महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन माघ ४ गतेदेखि ६ गतेसम्म स्थगित गर्ने सहमति भएको महासंघ वीरगञ्जका अध्यक्ष विनोद मेहताले जानकारी दिए ।

बढ्दै गएको अत्याधिक चिसो मौसमको कारण बालबालिकाकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको सभ्भावनालाई मध्यनजर गरी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको परामर्श एवं वीरगञ्ज महानगरपालिकासँगको अनौपचारिक छलफलबाट विद्यालयहरुको पठन पाठन स्थगित गर्ने सहमति भएको प्याब्सन वीरगञ्जका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले मौसम प्रतिकुल भएकोले विद्यालय बन्द गर्ने निर्णयमा पुगिएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?