+
+
Shares

सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १४:१४

४ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ ।

तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएका छ ।

तालको बीचमा जरायो फसेको भन्ने स्थानीयबाट खबर पाएपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको सहायक वन अधिकृत टेक रावलले जानकारी दिए ।

रावलका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जंगलबाट बाहिर निस्केको र अचेत अवस्थामा डौडिदाँ बुलबुलेको तारजालिमा ठोक्किँदा घाइते भएको अनुमान गरिएको छ ।

जरायोको टाउकोमा चोट लागेको छ । उपचारपछि निको भएपछि काँक्रेविहार जंगलमा छाडिने छ ।

पछिल्लो समय काँक्रेविहार जंगलमा रहेका जनावर असुरक्षित बन्दै गएका छन् । रातिको समय जंगलमा चोरी सिकारी बढेपछि जनावर असुरक्षित भई बाहिर निस्कन थालेको स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?