+
+
Shares

टाटा मोटर्सको स्वावलम्बी अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १६:४६

४ माघ, काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विभिन्न कारणवस विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।

अभियानअन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिदमा बिनाधितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५प्रतिशतसम्मको फाईनान्स सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईएको छ ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको हो ।

जसअन्तर्गत कंम्पनिले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्वृद्धि हासिल हुने विश्वास लिएको छ । यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नुहुनेछ ।

साथै घर बसी बसी आˆनो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सकिनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?