Comments Add Comment

अमेरिकाको फिनिक्समा गोली चल्दा एकको मृत्यु, ६ घाइते

५ माघ, काठमाडौं । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो ।

फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार आइतबार बिहान पाँच बजे एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमा सातजना मानिसहरु गोली लागेर घाइते अवस्थामा फेला परेका थिए । जसमध्ये एकजनाको मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा २४ वर्षीय पुरुष रहेको प्रहरीले बताएको छ । अहिले घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अहिले अनुसन्धान प्रारम्भिक चरणमा रहेको बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अहिले घटनामा संलग्न मानिसहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment