Comments Add Comment

एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त पुष्प

नायक पुष्प खड्कालाई केही बर्ष अगाडिसम्म चलचित्र क्षेत्रमा कसरी अगाडि बढ्ने होला भन्ने चिन्ता थियो । चलचित्रमा काम गरेपनि उनी नोटिस हुन सकेका थिएनन् । म्यूजिक भिडियोबाट उदाएका पुष्पले ‘अझै पनि’मा नायकको रुपमा काम गरेपनि उनको चर्चा भएन ।

यसपछि उनले चलचित्र ‘दर्पण छाया २’मा मुख्य नायकको रुपमा काम गरे । चलचित्र पूर्ण रुपमा असफल भएपछि उनको करिअर नै के हुने हो भन्ने अवस्थामा थियो ।

तर, अब पुष्पलाई ती दिन फर्किएर हेर्नुपर्ने अवस्था छैन । लकडाउनपछि उनी नेपाली चलचित्रका सर्वाधिक व्यस्त नायक बनेका छन् । एकपछि अर्को चलचित्रको छायांकनले उनको व्यस्तता बढाएको छ ।

नायक पुष्प खड्काले चलचित्र ‘कृष्ण लीला’को छायांकन ४० दिनसम्म गरे । पूर्वका विभिन्न स्थानमा चलचित्रको छायांकन गरेर काठमाण्डौ ओर्लेकै दिन उनले ‘मनसँग मन’ चलचित्रको एउटा गीतमा नृत्य गरे । यो चलचित्रको गीतमा काम गरेर विश्राम लिन नपाउँदै पुष्प चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनमा व्यस्त छन् ।

यो चलचित्रको छायांकन सकिएपछि नायक खड्काको पाइपलाइनमा मुकुन्द भट्टको चलचित्र पनि छ । उनलाई निर्देशक रमेश बुढाथोकीले चलचित्र ‘सुदुर’का लागि पनि अफर गरेका छन् ।
यसरी हेर्दा पुष्पको हातमा चलचित्रको कुनै अभाव त देखिएको छैन, उनको व्यस्तता पनि निकै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment