Comments Add Comment

पीएम कपमा गण्डकीका विशालले लिए ह्याट्रिक विकेट

५ माघ, काठमाडौं । गण्डकी प्रदेशका विशाल पाैडेल चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम) पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा ह्याट्रिक विकेट लिने पहिलाे खेलाडी बनेका छन् ।

विशालले मुलपानी क्रिकेट मैदानमा भइरहेकाे खेलमा प्रदेश १ विरुद्ध लगातार ३ विकेट लिएर उक्त सफलता हात पारेका हुन् ।

उनले राजन मगर, मनाेज तामाङ र हेमन्त राईलाई २८ औं ओभरकाे दाेसाे, तेसाे र चाैथाे बलमा आउट गरे ।

खेफमा विशालले ६.४ ओभर बलिङ गर्दा २५ रन खर्चेर ४ विकेट लिए । विशाल र सुवास भण्डारीले ४-४ विकेट लिएपछि प्रदेश १ ले २७.४ ओरमा सबै विकेट गुमाएर १०२ रनमै अलआउट भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment