Comments Add Comment

फिल्मको छायांकनमा फर्किनु अघि उपासनाले काटिन् केक

नायिका उपासना सिंह ठकुरी आफ्नो तेश्रो प्रोजेक्ट ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरा पुगेकी छिन् । पोखरा पुगेर चलचित्रको छायांकन सुरु गरेकी उपासनाले भनिन्–‘करिब डेढ बर्षपछि काममा फर्किन पाउँदा खुशी लागेको छ । मनमा उत्साह पनि छ ।’

उपासनाले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा गतबर्ष काम गरेकी थिइन् । यो चलचित्र गतबर्षको असोजमा रिलिज भएको थियो । त्यसपछि, उपासनाले अध्ययनका लागि भन्दै चलचित्र साइन गरेकी थिइन् । तर, ‘डिसेम्बर फल्स’को कथा मन परेपछि उपासनाले चलचित्र साइन गरेकी हुन् ।

रोचक कुरा त के छ भने, उपासनाले चलचित्रको छायांकनमा फर्किनु अगाडि केक समेत काटिन् । उनलाई उनकी बहिनीले ‘बेष्ट अफ लक’ भन्दै केक गिफ्ट गरेकी हुन् । उपासना भन्छिन्–‘बहिनीले मलाई नयाँ चलचित्रको लागि शुभकामना दिन केक उपहार दिएकी थिइन् । सोही केक काटेर म पोखरा आएकी हुँ ।’

उपासनाका लागि यो चलचित्र विशेष छ । किनकी, ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’बाट उदाएकी उपासनाको यो चलचित्र पनि हिट भए, उनले सफलतामा ह्याट्रिक गर्नेछिन् । चलचित्र क्षेत्रमा उनको डिमाण्ड उच्च छ । चलचित्र ‘डिसेम्बर फल्स’मा उपासनाले नायक आर्यन सिग्देलसँग पर्दा शेयर गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment