+
+
Shares

प्रदेश २ सरकारलाई राजेन्द्र महतोको आग्रह : शहीद परिवारको भरणपोषणमा ध्यान दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १८:२७

५ माघ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले शहीद परिवारको भरणपोषणको व्यवस्था मिलाउन प्रदेश २ सरकारलाई आग्रह गरेका छन् ।

मधेश आन्दोलनका शहीदकै कारण मुख्यमन्त्री र मन्त्री बनेको भन्दै महतोले शहीद परिवारलाई धोका नदिन आग्रह गरे ।

२०७२ सालको मधेश आन्दोलनका क्रममा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शहीद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

‘त्यतिबेला मोर्चामा अहिलेका हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव पनि हुनुहुन्थ्यो’ मधेश बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सोमबार जनकपुरधाममा गरेको कार्यक्रममा महतोले भने, ‘त्यही शहीदको बलमा मुख्यमन्त्री र मन्त्री बन्नुभएको छ । त्यो घोषणा अनुसार ५० लाखको पूर्ति हुने गरी काम त गर्नुपर्‍यो नि ?’

उनले अघि भने, ‘५० लाख गिन्ती गरेर दिन म भनिरहेको छैन, तर शहीद परिवारको भरणपोषणका लागि ध्यान दिनुस् ।’

मधेशी शहीद प्रतिष्ठान चाँडो गठन गरी शहीद परिवारको शिक्षा, स्वास्थ्यमा सहयोग पुग्ने गरी मासिक भत्ता दिन पनि नेता महतोले आग्रह गरे ।

अहिलेसम्म प्रदेशको नामाकरण र स्थायी राजधानी नतोकिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नेता महतोले चाँडो यी कामहरु अगाडि बढाउनुपर्ने पनि बताए ।

उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमुखी बजेटमा बढी ध्यान दिएको भन्दै विगतमा जे जस्तो भएपनि अबको २ बर्षलाई सुधारको बर्ष बनाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?