Comments Add Comment

हिलटेकको कोर–फिट पाइप बजारमा

हिलटेक कम्पनीले जर्मनी प्रविधिमा आधारित दुई तह भएको कोर–फिट पाइपको उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सहरी क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि गरिने कार्यका कारण सडकवरिपरिका पसल, पैदलयात्रु तथा सर्वसाधारणलाई लामो समयसम्म सडक अवरोधका कारण भोग्नुपरेको पीडालाई मध्यनजर गरी कोर–फिट पाइप उत्पादन गरेको हो ।

बागमती प्रदेशको हेटाैँडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट पाइप उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यसको प्रयोग मुख्यतः ढल, सिँचाइ, कलर्भटमा हुने जनाइएको छ । साथै, टेलिफोन, बिजुलीको जमिनमुनिको तार, हाउजिङ, प्लटिङ, स्मार्ट सिटी र उद्योग आदि ठाउँमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

उक्त कोर–फिट पाइप दुई तहको भएकाले बलियो, धेरै समयसम्म टिक्ने, लिकेज नहुने, हलुको हुने, भित्री भाग चिप्लो हुने भएकाले बहाव तीव्र हुने जनाइएको छ । हिलटेकबाट उत्पादन हुने कोर–फिट पाइपको साइज ४ इन्चदेखि ४० इन्चसम्मको तथा २० फिट लामो हुने जनाइएको छ । यो पाइप अहिले भएको ह्युमपाइपभन्दा ९५ प्रतिशत हलुका हुने भएकाले ओसारपसार गर्न सहज हुनुका साथै ढुवानी खर्चमा निकै बचत हुने कम्पनीको दाबी छ ।

हाल देशभर ढल निकासको आयोजना सम्पादनमा निकै समय लाग्ने गरेकोमा यो पाइपको प्रयोग गर्दा ट्रेन्च खनेको ठाउँमा दुईजना साधारण ज्यामीले ७ घन्टामा १ किलोमिटरभन्दा बढी ढलको पाइप जडान गर्न सक्ने कम्पनीको दाबी छ । पाइपलाई ढल वा अन्य केमिकलले केही नोक्सान गर्न नसक्ने, जडान गर्दा कुनै केमिकल, सिमेन्ट, नट–बोल्ट आदिको आवश्यकता नपर्ने जनाइएको छ ।

पाइपलाई आवश्यकताअनुसार १–१.५ डिग्रीसम्म बंग्याउन सकिने भएकाले कतिपय ठाउँमा मेनहोलको आवश्यकता नपर्ने भएकाले ढल आयोजनाको खर्चमा बचत हुने कम्पनीको दाबी छ । यसको बलियोपनको मापन ८ केएन प्रतिवर्गमिटर हुने हुनाले आरसिसी ह्युमपाइपबराबर हुने कम्पनीको दाबी छ । कम्पनीले गुणस्तरका लागि सम्झौता नगर्ने परिपाटीअनुरूप नै कोर–फिट पाइपमा पनि उच्च गुणस्तर राखी उत्पादन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment