६ माघ, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्यूकासललाई ३-० ले हरायो ।
आर्सनलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । ५०औं मिनेटमा ओबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा बुकाया साकोले गोल गर्दै अग्रता दोब्बर पारे । ७७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले सहज जित हात पारेको हो ।
जितपछि १९ खेलबाट २७ अंक जोड्दै आर्सनल १०औं स्थानमा उक्लेको छ । १८ खेलबाट १९ अंक रहेको न्युकासल १५औं स्थानमा छ ।
१८ खेलबाट ३७ अंकसहित म्यानचेष्टर युनाइटेड शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4