Comments Add Comment

नारायण वाग्लेको प्रश्न : संविधानसभाका अध्यक्ष किन निरीह भए ?

फाइल तस्वीर

६ माघ, काठमाडौं । पत्रकार तथा लेखक नारायण वाग्लेले संसद् पुन:स्थापना नभए संविधानवादको रक्षा नहुने बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वाग्लेले संसद् पुनस्र्थापनाकै लागि माइतीघर मण्डलामा नागरिक आन्दोलन चलिरहेको बताए ।

‘संसद् विघटन पछि माइतीघर मण्डलामा माइक समाउन पुगेको छु । नागरिक अगुवा र पेशाकर्मीहरुको नागरिक आन्दोलन चलिरहेको छ’, वाग्लेले भने । संसद् विघटनपछि उत्पन्न केही दृष्यहरुबारे उनले प्रश्न उठाए । दुई पटकको संविधानसभा अध्यक्ष निरीह किन भए ?, पत्रकार वाग्लेले प्रश्न गरे ।

पत्रकार वाग्लेले अहिले न्यायालय दबावमा परेको समेत बताए । ‘प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने के यो लोकतन्त्र हो ?’ उनले प्रश्न गरे ।

उनले प्रतिपक्षी दलका नेताको भूमिबारे प्रश्न गरे । ‘प्रतिपक्षी दलको नेता किन बालुवाटारको ढोकामा बस्नुपर्‍यो ?’, उनले भने ।

मञ्चमा बसिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पार्टीभित्रै निरीह हुनुपर्ने परिस्थिति किन पर्‍यो भनी प्रश्न गरेका थिए । तर, प्रचण्ड र माधव नेपाललाई पत्रकार वाग्लेले प्रतिबद्धता फेर्न र वडापत्र सार्वजनिक गर्न आग्रह गरे ।

प्रधानमन्त्री फेर्ने आन्दोलनका रुपमा नागरिकले बुझेसम्म सडक प्रदर्शन नउठ्ने भएकाले प्रतिबद्धता फेर्न र वडापत्र सार्वजनिक गर्न उनको आग्रह थियो । पत्रकार वाग्ले मांसाहारी आन्दोलन भनेर परिस्थिति नभड्काउन पनि आग्रह गरे । यस्तो आग्रहमा नागरिक नआउने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment