Comments Add Comment

नागरिक एपको त्रुटि सच्याउँदैछौं : गृह मन्त्रालय

६ माघ, काठमाडौं । सरकारी सेवालाई डिजिटलाइज गर्ने भन्दै ल्याइएको नागरिक एपमा त्रुटि रहेको गुनासो आएपछि गृह मन्त्रालयले सच्याउन थालेको छ ।

मंगलबार मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले सूचना जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया थालिएको बताएका हुन् ।

नागरिकता सम्बन्धी विवरण मेल नखाएकाले एप प्रयोगमा कठिनाइ भएको गुनासो प्रयोगकर्ताहरुले गरेका थिए ।

‘‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारासहित सोमबारबाट सुरु गरिएको एप हालसम्म एक लाख बढी डाउनलोड भइसकेको छ ।

नागरिक एपमार्फत प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने भनिएको छ ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने भनिएको छ ।

साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिने पनि व्यवस्था गरिएको छ ।

हेर्नुस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment