
७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् ।
जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो । त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । उता सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतिसँग नै पराजित भएको थियो ।
मन्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले पहिलो खेल खेलेको टिमलाई नै निरन्तरता दिएको छ । उता सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । गजेन्द्र बोहरा र भोजराट भट्टको स्थानमा नरेन्द्र साउद र हेमन्त धामीलाई टिममा राखेको छ ।
यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीच खेल हुनेछ । जसमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ रोजेको छ । बर्मीले यस अघि लगातार दुई खेल जितेर समूह ए मा ४ अंक जोडेको छ ।
प्रतिक्रिया 4