Comments Add Comment

बाबुरामलाई करिश्माको कटाक्ष–‘यही हो नेपालीले पाएको गणतन्त्र’

नायिका करिश्मा मानन्धरले चलचित्र यात्रा सुस्ताउँदै गएपछि राजनीतिमा जाने निर्णय गरिन् । डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भइन् । यसपछि करिश्मा सक्रिय रुपमा राजनीतिमा होमिएकी थिइन् ।

तर, बाबुरामको नयाँ शक्ति पार्टी र मधेदवासी दलहरुविच सहमती भयो र जनता समाजवादी पार्टी जन्मियो । यसपछि, करिश्माले राजनीतिमा सक्रिय रुपमा नलाग्ने निर्णय गरिन् । तर, सामाजिक संजालमा करिश्माले राजनीतिक घटनाक्रमका बिषयमा आफ्नो भनाई भने सार्वजनिक गर्न छाडेकी छैनन् ।

उनै, करिश्माले डाक्टर बाबुराम भट्टराइमाथि फेरि कटाक्ष गरेकी छिन् । बाबुरामले शेयर गरेको तस्वीरमा करिश्माले लेखिन्–‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सिमित भएको देखेर दुःख लाग्छ डाक्टर साब । यही हो नेपालीले पाएको गणतन्त्र । यही हो राजनीतिक संकार । देशको विकास कहिले हुने ?’

करिश्मा बाबुरामसँग रुष्ट बनेको र उनको राजनीतिक क्रियाकलापलाई नरुचाएको यो स्टाटसबाट पनि प्रष्ट हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment