Comments Add Comment

अमेरिकामा कोरोनाबाट मर्ने चार लाख नाघे

७ माघ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट चार लाख एक हजार ५८६ जनाको मृत्यु भएको छ ।

अमेरिका संक्रमित र मृतक संख्याको आधारमा कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा दुई करोड ४२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दिन अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको हो । बुधबारदेखि आफ्नो कार्यकाल सम्हाल्न लागेका जो बाइडनले यसअघि नै कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्ने घोषणा गरिसकेका छन् ।

मंगलबार साँझ राष्ट्रपति बाइडन र उपराष्ट्रपतिमा विजयी भएकी कमला ह्यारिसले कोरोना नियन्त्रणको लागि सरकारले लिएको नीति परिवर्तन गर्न सक्ने संकेत गरेका छन् ।

कोरोनाबाट मृत्यु भएका मानिसहरुलाई स्मरण गर्दै बाइडनले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुलाई सम्झिनुपर्ने बताएका छन् । बाइडनले कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment