Comments Add Comment

स्वस्तिमाको स्टाइल

नायिका स्वस्तिमा खड्का पछिल्लो समयमा पहिरन छनोटमा निकै सजग छिन् । यसैले पनि सार्वजनिक कार्यक्रममा उनले लगाउने पहिरनले चर्चा पाउने गरेको छ । स्वस्तिमा खड्का आफूलाई फिट राख्न पनि हरदम प्रयास गर्छिन् । फिट रहने र पहिरनमा पनि चुजी भएका कारण स्वस्तिमाको सुन्दरता र स्टाइल सार्वजनिक कार्यक्रममा झल्कने गरेको छ ।

नायिका स्वस्तिमा खड्का अब नाटकतिर मोडिएकी छिन् । उनी, उपन्यास ‘पल्पसा क्याफे’मा आधारित रहेर तयार हुन लागेको नाटक ‘पल्पसा’मा काम गर्दैछिन् । यस्तै, उनले चलचित्र ‘चिसो मान्छे’मा पनि काम गर्ने तयारीमा छिन् । यो चलचित्रका लागि उनले लिएको पारिश्रमिक पनि चर्चामा रहेको थियो ।

चलचित्र ‘बुलबुल’मा काम गरेपछि चुलिएको उनको उचाई अहिले लोभलाग्दो बनेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment