Comments Add Comment

केयूको उपकुलपतिमा भोला थापा नियुक्त

७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । थापालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापा काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् । शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो । यी तीनमध्येबाट थापालाई उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई वर्ष कार्यकाल पूरा गरेर उपकुलपति माकाजु यही फागुन १० गते बिदा हुँदैछन् । केयूको उपकुलपतिका लागि ४० भन्दा बढी व्यक्तिहरुले आवेदन दिएका थिए ।

केयूका प्राध्यापक र कर्मचारीहरुले भने दुई वर्षे कार्यकालमा विवादित छवि बनाएका माकाजुलाई फेरि उपकुलपति नबनाउन दबाबमुलक अभियान सन्चालन गर्दै आएका थिए ।उचभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment