Comments Add Comment

संसद विघटनविरुद्ध भाेलि हुने प्रदर्शनमा सहभागी हुन देउवाको अपील

फाइल तस्वीर

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।

सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ  ।

सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment