Comments Add Comment

बेलायतबाट स्वदेश फर्किन नेपालीलाई शर्तसहित अनुमति

७ माघ, काठमाडौं । नयाँ प्रकृतिको कोरोना भाइरसको उद्गमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन एयरलाइन्सहरुलाई रोक लगाइएको छ ।

यसबाट नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपालीसमेत समस्यामा परेका छन् । यस अवस्थामा सरकारले नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकका लागि सहजीकरण गरेको छ । अध्यागमन विभागले ५ माघमा अध्यागमन नीतिबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार बेलायतबाट सुरु उडान वा ट्रान्जिट भई आउने सबै यात्रुलाई अर्को सूचना नभएसम्म नेपाल आगमनमा रोक लगाइएको छ । तर, एकाघरका आफन्तको मृत्यु भई वा गम्भीर उपचारका लागि नेपाल आउनै पर्ने भएमा नेपाली नागरिक, गैरआवासीय नेपाली र निजका सन्तानलाई नेपाल आउने बाटो खुलेको छ ।

त्यसका लागि उनीहरुले बेलायतस्थित कुटनीतिक नियोगको सिफारिसमा नेपालमा प्रवेश अनुमति लिनुपर्नेछ । नेपाल आउनु अगाडि ७२ घण्टाको पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाण पत्र भने यस अवस्थामा समेत अनिवार्य गरिएको छ ।

विभागका अनुसार विदेशस्थित नेपाली नियोगबाट बेलायतबाहेक अन्य मुलुकका लागि पर्यटक भिसा जारी रहेको छ । तर, जुनसुकै मुलुकबाट पनि यात्रा अनुमति पत्र वा आकस्मिक राहदानी बोकेर नेपाल छिरेका विदेशीले भने नेपाल प्रवेशका लागि अनअराइभल भिसा पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment