+
+
Shares

बेलायतसँग व्यापार सम्झौता गर्ने ट्रम्पको घोषणा, विशेष सम्बन्ध बलियो बनाउने प्रतिबद्धता

बेलायतको प्रधानमन्त्री कार्यालयले पनि ट्रम्पले विशेष र भव्य भनेको व्यापार सम्झौता बारे उत्साहित भएर प्रतिक्रिया दिएको छैन । आज द्वितीय विश्वयुद्ध दिवस मनाइरहेको हुनाले अमेरिकासँग हुने सम्झौता छायाँमा परेको हुनसक्ने बेलायती सञ्चार माध्यमले अनुमान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १६:५७

२५ वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिका र बेलायतबीच व्यापार सम्झौताको घोषणा गर्दै दुई देशबीचको विशेष सम्बन्ध अझ मजबुत बनाउने बताएका छन् ।

यो सम्झौतापछि ट्रम्प प्रशासनले लगाएको उच्च दरको भन्सार शुल्कबाट बेलायतले केही राहत लिने आशा गरेको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त सम्झौतालाई ‘ठूलो’ र ‘रोमाञ्चक’ भनेका छन्। उनले बेलायती समय अनुसार अपराह्न ३ बजे ह्वाइट हाउसको ओभल अफिसबाट औपचारिक घोषणा गर्ने जनाएका छन्।

बेलायती सञ्चार माध्यमहरुका अनुसार व्यापार सम्झौता बारे धारणा बनाउनुअघि यसको विवरण पर्खनुपर्ने बताएका छन् ।

बेलायतको प्रधानमन्त्री कार्यालयले पनि ट्रम्पले विशेष र भव्य भनेको व्यापार सम्झौता बारे उत्साहित भएर प्रतिक्रिया दिएको छैन । आज द्वितीय विश्वयुद्ध दिवस मनाइरहेको हुनाले अमेरिकासँग हुने सम्झौता छायाँमा परेको हुनसक्ने बेलायती सञ्चार माध्यमले अनुमान गरेका छन् ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले अपरान्हतिर मात्र सम्झौतामाथि प्रतिक्रिया दिने अनुमान गरेका छन् ।

शुक्रबार बिहान लण्डन डिफेन्स कन्फरेन्समा बोल्दै प्रधानमन्त्री स्टार्मरले भनेका थिए, ‘अमेरिकासँगको वार्ता चलिरहेको विदितै छ र आजै म त्यसबारे थप बताउनेछु। तर म तपाईंहरूलाई आश्वस्त गराउन चाहन्छु— श्रमिक, व्यवसाय र परिवारका पक्षमा, हाम्रो सुरक्षाको लागि म सधैँ हाम्रो राष्ट्रिय हितमा काम गर्छु ।’

वर्तमान वार्ताले कार र स्टील आयातमा लगाइएको २५ प्रतिशत भन्सार शुल्क घटाउने सम्भावना बलियो बनेको छ ।

यो सम्झौता राष्ट्रपति ट्रम्पको २ अप्रिलको ‘लिबरेशन डे’ पछि पहिलो ठूलो व्यापार सम्झौता हुनेछ। उक्त दिनपछि विशेषतः शेयर बजारमा गिरावट र अमेरिकी ऋणको चापबारे चिन्ता बढेका बेला ट्रम्पले केही भन्सार नीति स्थगित, पुनःघोषणा र परिमार्जन गर्दै आएका थिए ।

ट्रम्प र स्टार्मरले फेब्रुअरीमा ह्वाइट हाउसमा भेट्दा यस्तो ट्रान्सएटलान्टिक व्यापार सम्झौताको सम्भावना बारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?