News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फेन्टानिल प्रिकर्सरको प्रवाह रोक्न सहमति भएको छ।
- गत अक्टोबरमा बेइजिङले व्यापारिक भन्सार शुल्कमा सहुलियत पाउने बदलामा रसायन नियन्त्रण कडा गर्ने सहमति जनाएको थियो।
- चिनियाँ जनसुरक्षा मन्त्रालय र अमेरिकी न्याय मन्त्रालयले संयुक्त रूपमा अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल ध्वस्त पारेको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अमेरिकामा भित्रिने लागुऔषध बनाउन प्रयोग हुने रसायन ‘फेन्टानिल प्रिकर्सर’ को प्रवाह रोक्न भइरहेको प्रगतिलाई थप सुदृढ बनाउन सहमत भएका छन् ।
ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले ट्रम्प र सीबीच यस्तो सहमति भएको हो ।
गत अक्टोबरमा, व्यापारिक भन्सार शुल्कमा सहुलियत पाउने बदलामा बेइजिङले यस्ता रसायनहरूमाथिको नियन्त्रणलाई कडा बनाउन सहमति जनाएको थियो । त्यसयता दुवै पक्षले लागुऔषध सम्बन्धी धेरै मुद्दाहरू सुल्झाउन मिलेर काम गरिरहेका छन् ।
यसैबीच, बेइजिङले सोमबार चिनियाँ जनसुरक्षा मन्त्रालय र अमेरिकी न्याय मन्त्रालयले संयुक्त रूपमा एउटा अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाललाई ध्वस्त पारेको घोषणा गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4