७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । आईपीएलको १४औं संस्करण अघि दिल्लीले सन्दीपलाई फुकुवा गर्ने भएको हो ।
लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपीएल खेल्ने बाटो खुलेको छ । आईपीएलको १३औं संस्करणमा सन्दीपले दिल्लीबाट एक खेल पनि खेल्न पाएनन् ।
सन् २०१८ को अक्सनबाट दिल्लीले भारु २० लाखमा सन्दीपलाई अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए भने २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।
दिल्लीले सन्दीपसहित ६ खेलाडीलाई रिलिज गर्दा १९ खेलाडी भने रिटेन गरेको छ ।
दिल्लीले सन्दीपसहित भारतीय बलरहरु मोहित शर्मा र तुसार देसपाण्डे, किमो पउल एलेक्स केरी र ज्यासन रोएलाई रिलिज गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया 4