Comments Add Comment

प्रेरणा र सलोनीको जोडी गर्ल्स डबल्समा क्वाटरफाइनलमा

७ माघ काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको गर्ल्स डबल्सको क्वाटरफायनलमा प्रवेश गरेको छ ।

बुधबार भएको डबल्सतर्फको खेलमा केन्याका रोसलिडा असुम्वा र रसियाका तामारा एर्माकोभाको जोडीलाई पराजित गर्दै प्रेरणा र सलोनीको जोडी क्वाटरफाइनलमा पुगेको हो।

प्रेरणा र सलोनीको जोडी ६-३, ६-४ ले विजयी भयो ।

अब क्वाटरफाइनलमा यो जोडीले फ्रान्सेली जोडी लाउरा गाल्डेनो र लाउना जोपासँग बिहीबार खेल्नेछ ।

यसअघि सिंगल्सतर्फ भने प्रेरणा दोस्रो चरण र सलोनी पहिलो चरणमा पराजित हुँदै बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment