Comments Add Comment

सामसुङको फ्ल्यागशिप ‘एस सिरिज’ नेपालमा ल्याउने योजना

सामसुङले  पछिल्लो फ्ल्यागशिप एस सिरिज नेपालमा ल्याउने योजना बनाइरहेको छ । कम्पनीले उक्त मोडलको प्रि-अर्डर २२ जनवरी २०२१ देखि अर्थात् आजदेखि सुरु गर्ने चर्चा अहिले बजारमा भइरहेको छ ।

सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी एस २१ श्रृंखलाको अनावरण गरिसकेको छ, जसले हालसम्म निर्माण भएका स्मार्टफोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो ।

विश्वभर प्रयोगकर्ताहरुलाई यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन् ।

उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसर सहित बनेको छ यो स्मार्टफोन ।  विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइल सहित एक परिष्कृत रुप प्रदान गरेको छ ।

सामसुङ नेपालले यस स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरुका लागि आकर्षक योजना सहित पि्र-अर्डर घोषणा गर्ने दाबी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment