+

सावित्राकाे ह्याट्रिकमा एपीएफकाे विजयी सुरुवात

२०७७ माघ  ८ गते १४:३२ २०७७ माघ ८ गते १४:३२
सावित्राकाे ह्याट्रिकमा एपीएफकाे विजयी सुरुवात

८ माघ, काठमाडौं । विभागीय टाेली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिक मद्दतमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेकाे हाे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अञ्जली कुमारी योन्जन र प्रीति राईले एक-एक गोल गरे ।

लिग अन्तर्गत आजै विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय महिला लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय