Comments Add Comment

प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ ।

प्रचण्ड-माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने प्रयास गरेका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले शुक्रबार संसद विघटनको विरोधमा काठमाडौंमा विरोध सभा गर्दैछ । उक्त विरोध सभामा सहभागी हुन देशैभरबाट नेता  तथा कार्यकर्ताहरु काठमाडौंमा आउने क्रम जारी रहेको उक्त समूहले जनाएको छ ।

काठमाडौंमा शुक्रबार आयोजना गर्ने विरोध सभाको पूर्वसन्ध्यामा उनीहरुले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment