Comments Add Comment

कोरोनाबारे बाइडनका १० महत्वपूर्ण घोषणा

९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरस (कोभिड–१९) को विषयमा १० महत्वपूर्ण कार्यकारी आदेश जारी गरेका छन् । बुधबार पदभार ग्रहण गरेका बाइडनले सरकारी निकाय, निजी क्षेत्र र मानिसहरुमा कोरोना नियन्त्रणको लागि सहयोग पुग्नेछ ।

बाइडनले कोरोना नियन्त्रणको विस्तृत योजना पेश गर्दै आफ्नो प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको तुलनामा कोरोनाबारे राम्रो काम गर्ने संकेत दिएका छन् । यसअघि कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ट्रम्पको धेरै आलोचना भएको थियो । बाइडनले कोरोना नियन्त्रणको लागि आफ्नो प्रशासनले निकै कठोर कदम चाल्न गइरहेको बताएका थिए । उनले अझै पनि अवस्था खराब हुन सक्ने भन्दै सबैलाई सचेत रहन निर्देशन दिएका छन् ।

बाइडनले आगामी एक महिनासम्ममा कोरोनाबाट मर्नेको संख्या अमेरिकामा पाँच लाख नाघ्ने आशंका व्यक्त गरेका छन् । बाइडनले यसलाई नियन्त्रणको लागि युद्धस्तरमा काम गर्नुपर्ने जरुरी रहेको बताए । राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै बाइडनले अमेरिकामा कोरोना खोप सुरु भएको एक सय दिनमा १० करोड मानिसलाई कोरोना खोप लगाइने बताएका थिए ।

बाइडनले बिहीबार जारी गरेको कार्यकारी आदेशमा सुरक्षा संरक्षण ऐनको प्रयोग, बस, प्लेन र रेलमा मास्क अनिवार्य, तीव्र गतिमा खोप कार्यक्रम सञ्चालन, कोरोना परीक्षण बढाउने, विद्यालय पुनः खोल्नेबारे विचार गर्ने, स्वास्थ्यसेवाको दायर बढाउने, कोरोना बाट कर्मचारीलाई बचाउने, समुदायस्तरमा सहयोग बढाउने र कोरोना अध्ययनका लागि डेटाहरु सार्वजनिक गर्नेलगायतका योजनाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment