Comments Add Comment

अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना रातारात राजपत्रमा

९ माघ, काठमाडौं ।  प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको पाइएको छ ।

राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ ।

संसद विघटनविरुद्ध परेका रिटहरुमाथि बिहीबार बहसका क्रममा अधिवक्ताहरुले संसद विघटनसम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि सर्वोच्चले सो सूचना सरकारसँग माग गरेको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।

शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले त्यही पुरानै मितिमा प्रकाशित राजपत्रको सूचना शुक्रबार संवैधानिक इजलासमा पेश गरेका छन् ।

तर न्यायाधीश अनिल कुमार सिन्हाले आफूले र आफ्नो सहयोगीले समेत राजपत्रमा खोज्दा त्यो सूचना नभटेको भन्दै खरेललाई कहाँबाट ल्याउनुभयो भनेर प्रश्न गरेका थिए । खरेलले भने कार्यालयमा बसेर खोज्दा आफूले राजपत्रमा सूचना प्रकाशित भएको देखेको जवाफ दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि विघटन गरेकी थिइन् । नेपाल सरकारका निर्णय राजपत्रमा सूचना प्रकाशित नभएसम्म कार्यान्वयनमा आएको मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment