Comments Add Comment

चर्चामा मलेसियन ब्रान्ड प्रोटोनको ‘सागा’, के छन् विशेषता ?

९ माघ, काठमाडौं । जगदम्बा मोटर्सले पहिलोपटक प्रशिद्ध मलेसियन ब्रान्ड प्रोटोनलाई नेपालमा भित्र्याएको छ । प्रोटोनको पहिलो मोडलका रुपमा कम्पनीले सेडान गाडी सागालाई सार्वजनिक गरेर बिक्री थालेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल ३५ वर्ष पुरानो इतिहास बोकेको प्रोटोन फेरि नेपाल फर्काउन सकिएको भन्दै ब्रान्डलाई उपभोक्ताले माया गर्नेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । प्रोटोनको उत्पादन नेपाली माटो र बाटो सुहाउँदो हुने भन्दै उनले यसलाई सागाले प्रमाणित गर्ने बताए ।

बहुप्रतिक्षित यो गाडी सार्वजनिक भएलगत्तै यसबारे सोधपुछ गर्न सोरुम पुग्नेको संख्या दिनानुदि बढ्दो छ । कम्पनीले आफ्टर सेल्स सर्भिसलाई पनि बलियो बनाउँदै प्रोटोनलाई नेपालमा स्थापित गरेरै छाड्ने उपाध्यक्ष अग्रवाल बताउँछन् ।

सागाले नेपाली बजारमा गजबको प्रतिक्रिया र ग्राहक बटुल्ने विश्वास कम्पनीको छ । युवा पुस्ताका व्यक्ति, इन्ट्री लेभलबाटै सेडानमा प्रवेश गर्न चाहानेका लागि सागा उत्तम विकल्प हुने अग्रवाल बताउँछन् । मध्यमवर्गका विभिन्न पेशागत उपभोक्ता तथा युवाहरुलाई मुख्य लक्षित गरी यो गाडी नेपाल ल्याइएको कम्पनीले जानएको छ ।

यो निकै आकषर्क, स्तरीय सुरक्षित रहेको दावी कम्पनीको छ । यसले बजारमा राम्रो छाप छोड्ने विश्वास गरिएको छ । उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसको बजारमा राम्रो चर्चा पाउने विश्वास रहेको अग्रवालले बताए ।

‘सेडान गाडीको सेगमेन्टमा अटोमेटिक ट्रान्समिसनसहित यो मूल्यमा अर्को गाडी छैन,’ उनी भन्छन् । प्रतिस्पर्धी मोडलहरुभन्दा सागा सस्तो पनि भएको र विभिन्न आधुनिक फिचर्सको प्याकेजका रुपमा रहेकाले सागाले ग्राहक बटुल्नेमा अग्रवाल विश्वस्त छन् ।

‘हामी पहिलो वर्ष धेरै गाडी बेच्ने भन्दा पनि प्रोटोन ब्रान्डप्रति विश्वास जगाउने र आफ्टर सेल्स सर्भिसलाई दह्रो बनाएर ग्राहका आत्मविश्वास भर्ने काम गर्छौं,’ उनले भने ।

सागा गाडी पि्रमियम अवतारमा आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ । कम्पनीका अनुसार सागामा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी हुने विश्वास गरिएको छ ।

शक्तिशाली इन्जिन

सागामा शक्तिशाली इन्जिन प्रयोग भएको छ । १३ सय सीसीको यो गाडीमा  ४ सिलिन्डरको इनलाइन १६ भल्भ डीओएचसी भीभीटी इन्जिन छ ।

यसले अधिकतम् ९१ हर्ज पावरमा ५ हजार ७५० आरपीएम शक्ति उत्ससर्जन गर्छ । यस्तै अधिकतम् ११७ एन एममा ९००० आरपीमको टर्क उत्सर्जन गर्छ ।  यसमा ५ स्पिडको म्यानुअल तथा ४ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पहरु छन् ।

लोभलाग्दो डिजाइन

यो गाडी स्पेसियस त छ नै, यो डिजाइनका हिसावले पनि निकै आकर्षक छ । यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गर्क सक्छ ।

सागामा होलोगन हेडल्यम्प्स छ । इलेक्ट्रिक डोर मिटर विद एलईडी टर्न सिग्नल पनि छ । रिमोर्ट ट्रंक रिलिजको विशेषता छ । यसमा रियर स्पोइलर र डीआरएलएसको विकल्प पनि छ ।

अगाडिबाट मात्रै हैन, पछाडि र साइडबाट पनि सागा निकै आकर्षक देखिन्छ । १६ इन्चको एलोयहि्वल डिजाइन छ । इन्फिनिट वेभ फ्रन्ट ग्रिलले गाडीलाई आकर्षक देखाएको छ । एलईडी डेटाइम रनिङ लाइट र स्टाइलिस रेयर बम्परले पनि गाडीलाई सुन्दर बनाएको छ ।

सुन्दर भित्री बनोट र सहज सुविधा

यसको इन्टेरियर निकै लोभलाग्दो छ । यसमा ब्ल्याक सिंगल टोन थिम छ । सिट आरामदायी छ । भित्री भाग स्पेसियस छ । स्टेरिङ स्विच फर अडियो, ह्यान्स फ्रि टेलिफोन, स्टेरिङ टिल्ट एडजस्टमेन्टको विकल्प पनि छ ।

एयर कन्डिसनिङ विद हिटर, एलसीटी सेग्मेन्टेड मल्टी इन्फरमेसन डिस्प्ले, इको ड्राइभ असिस्ट, पावर विन्डो, लगेज ल्याम्प, फेबि्रक सिट सिट मटेरियल लगायतका विशषेता पनि छन् ।

ड्राइभर सिट हाइट एड्जस्टर, बेन्च टाइप रेयर सिट फोल्ड र १२ भोल्टको पावर सकेट पनि छ ।

७ इन्चको टच स्क्रीन डिस्प्ले अडियो भिडियो सिस्टम छ । यसमा स्मार्ट फोन र ब्लुटुथ कनेक्टीभिटीको सुविधा पनि छ । ४ वटासम्म स्पिकर र यूएसबी पोर्टको सुविधा पनि छन् । यसमा स्टाइलिस सेन्टर प्यानल छ ।

सुरक्षित गाडी

सुरक्षा हिसावले पनि यो गाडीमा अब्बल फिचर्स छन् । एसमा फ्रन्ट एयरब्याग छ । जसले यात्राका क्रममा हुन सक्ने दुर्घटनाबाट सुरक्षित राख्छ ।

यसमा ईबीडीसहित एन्टि लक ब्रकिङ सिस्टम (एबीएस) पनि छ । यसमा ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्राक्सन कन्ट्रोल सिस्टम पनि छ । हिल होल्ड असिस्टको सुविाधा छ ।  रेयर पार्किङ सेन्सर, रिभर्स क्यामेरा र इम्बोलाइजर र एन्टि देफ्ट अल्राम पनि छ ।

यसमा फ्रन्टमा भेन्टिलेटेड डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक हुन्छ । जगदम्बा मोटर्सका उपाध्यक्ष अग्रवाल सुरक्षाको मामिलामा कम्पाीले विभिन्न फिचर्स दिएकाले यसलाई ग्राहकले मन पराउने बताउँछन् ।

विशेषतायुक्त गाडी

यसको लेग रुम पनि निकै कम्र्फटेबल बनाइएको छ । यो गाडी निकै आरामदायी पनि छ । आधुनिक सस्पेन्सन सिस्टम छ । सस्पेन्सन सिस्टम पनि निकै आधुनिक भएकाले लामो यात्राका दौरान पनि थकान महसुस हुँदैन । अफरोडमा जान सुविधाजनक तवरले बनाइएको छ । यसको अघि म्याकर्फसन स्ट्रट विद स्टेबलाइजर बार र पछाडि टर्सन बिम एक्सेल सस्पेन्सन सिस्टम छ ।

गाडीभित्र विभिन्न टुल्सहरु निकै वैज्ञानिक तवरले ‘प्लेसिङ’ गरिएको छ । यसलेे गर्दा गाडी निकै सुसज्जित र भब्य लाग्छ । यस्ता महत्वपूर्ण फिचर्सका कारण यो गाडी धेरै ग्राहकको नजरमा पर्ने विश्वास गरिएको छ ।

यो गाडीमा १६५  एमएमको ग्राउन्ड क्लेयरेन्स छ । जुन विशेषताका कारण ग्राभल रोडमा पनि सागा सजिलै चलाउन सकिन्छ ।

जसले यात्रालाई रोमाञ्चक र आरामदायी बनाउँछ । ३५० लिटरको बुट स्पेस छ । जसमा धेरै सामान राखेर लामो यात्रामा निस्कन पनि कुनै समस्या छैन । यसले झण्डै प्रतिलिटर १८ किलोमिटर को माइलेज पनि दिन्छ । यो गाडी विभिन्न विशेषतायुक्त भएकाले सबै वर्गमा छाप छोड्न सफल हुने दावी कम्पनीको छ ।

सागालाई प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उतारिएको छ । म्यानुअल ट्रान्समिसनसहितको सागाको मूल्य ३५ लाख ५० हजार र अटोमेटिकको ३९ लाख ५० हजार रुपैयाँ छ ।

यो गाडी विभिन्न विभिन्न उत्कृष्ट रंगहरुमा उपलब्ध छ । जेट ग्रे, स्नो ह्वाइट, आर्मर सिल्भर, रोजउड मरुन कलरहरुमा यो गाडी उपलब्ध गराइएको छ ।

स्तरीय सर्भिस

कम्पनीले गाडीको लागि काठमाडौंमा सर्भिस सेन्टर खोलिसकेको छ । देशभर एक दर्जन स्थानमा सर्भिस सेन्टररु खोलेर सेल्स, सर्भिस र स्पेयर्स पार्ट्सलाई सहज बनाउने उपाध्यक्ष अग्रवाल बताउँछन् ।

स्पेयर्स पार्ट्स पनि सजिलै सुलभ मूल्यमा पाइने वातावरण बनाउने अग्रवाल बताउँछन् । ‘ग्राहकको सुन्तुष्टिलाई नै मुख्य लक्ष्य बनाएर काम गरेका छौं,’ राम्रो ब्रान्ड, उत्पादन र सेवामार्फत शंकर ग्रुप र जगदम्बा मोटर्स ग्राहकसँग लामो समयसम्म जोडिन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment