Comments Add Comment

निर्वाचन तयारीको छलफलमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

९ पुस, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ ।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहले बहिस्कार गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै नाराबाजी गरे ।

सर्वपक्षीय छलफलमा प्रचण्ड–माधव समूहबाट क्षेत्रीसहित चारजना प्रतिनिधि पुगेका थिए । निर्वाचन तयारीका बारेमा छलफल सुरु भएपछि क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमले संविधानमाथि प्रहार भएको बताउँदै नहुने निर्वाचनको तयारी गरेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले छलफल आवश्यक रहेको बताएका थिए । क्षेत्रीले छलफल बहिस्कार गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीले त्यो तपाईंहरुको अधिकार भनेपछि नेकपा प्रचण्ड–माधव समूहको टोली बैठकबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment