+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषिमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १६:४३

९ माघ, काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्री मद्यमा कुमारी अर्यालले आग्रह गरेकी छिन् । शुक्रबार मन्त्रालयमा नवनिर्वाचित नेतृत्वलाई शुभकामना तथा बधाइ दिंदै उनले पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान सम्बन्धी कार्यक्रम बनाउन सुझाब दिइन् ।

पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उने अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले चनिन्, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’

आˆनो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उहाँले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह पनि गरिन् । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, पूगतीका निम्ति काम गर्न आग्रह गर्दै उनले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ति के-के गर्ने भन्ने कुरामा ध्यान दिन सुझाइन् ।

कार्यक्रममा बोल्दै परिषद्को रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा.सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धित शिक्षण संस्थाहरुलाई गुणस्तरीय बनाउन लागेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?