Comments Add Comment

इतिहास नष्ट गरेर मुलुक समृद्ध बन्दैन : कमल थापा

९ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा रहँदै आएको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध नबन्ने बताएका छन् । मुलुक समृद्ध बन्ने भ्रम नेपाली जनतामा छरेकै कारण मुलुक अहिलेको यो अवस्थामा पुगेको उनको भनाइ थियो ।

गतन्त्र र लोकतन्त्रको नाउँमा जनतालाई सडक संघर्षमा ल्याएर मुलुकको इतिहास मेट्न खोजेकै कारण देश दुर्घटनामा परेको उनको जिकिर थियो । नेपाल र नेपालीको इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने भन्दै अध्यक्ष थापाले धर्म, संस्कृती र पहिचानको रक्षाका लागि नयाँ पुस्ताको अग्रसरता आवश्यक रहेको बताए । उनले भने ‘खोक्रो गणतन्त्रको नाराले मुलुकको भविष्य संकटमा पर्‍यो, अब अघि बढ्न जरुरी भयो ।’

मकवानपुर गढी गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै थापाले ०६२/०६३ को आनदोलनपछि अवलम्बन गरिएको एकपछि अर्को त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको दाबी गरे । कंग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेको भन्दै उनले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।

राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहे पनि निरंकुशताको पक्षमा नभएको उनकाे भनाइ थियो । राप्रपाले राष्ट्रको अभिभावकको भूमिकामा राजसंस्था रहँदा मात्र नेपालको इतिहास जीवित रहने उनको भनाइ थियो । फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन पार्टीलाई बलियो बनाउनु बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment