+
+
Shares

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते २०:०२

९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा उनीहरूले गुहार मागिरहेको सुनिन्छ ।

नयाँ बसपार्कबाट पक्राउ गरिएका १३ जना र पछि महाराजगञ्जबाट पक्राउ गरिएका ३ गरी १६ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।

प्रहरीले भने अवैध गतिविधिमा संलग्न हुने गरेको जनगुनासोका आधारमा १३ जना पारलैङ्गिकहरूलाई पक्राउ गर्दा प्रहरीमाथि नै जाइलागेको आरोप लगाएको छ । डिएसपी खड्काले उनीहरू प्रहरीमाथि जाइलागेको आरोप लगाएका छन् । प्रहरी प्रभाग नयाँबसपार्कले सोधपुछको लागि प्रहरी प्रभागमा ल्याउँदा उनीहरूले प्रहरी र प्रहरी कार्यालयमा आक्रमण गर्न थालेपछि पक्राउ गरिएकाहरूलाई विभिन्न वृत्तमा लगिएको प्रहरीले जनाएको छ । झण्डै २५ जनाको समूह आएर प्रहरी कार्यालयमा तोडफोड गर्न लागेपछि भिडलाई तितरबितर पारेर थप ३ जनालाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?